binil

binil

SANGAM RANA

SANGAM RANA

R.B. RANA

binil

binil

doha.qatar

doha.qatar

FROM NEPAL

FROM NEPAL

NEPAL

NEPAL

nepal

nepal

N

N

qatar

qatar

I Love My Friends...........

Photobucket

R B RANA MAGAR

R     B    RANA    MAGAR
00974-3258970

Adarsh

Adarsh
always">

R.B.RANA[PADAM.THAPA

R.B.RANA[PADAM.THAPA

shimit samaya ko jindagima vet.

shimit samaya ko  jindagima  vet.
hamro vainai rahos/ milan pachi ko

Wednesday, January 13, 2010

नेपाल सरकारको मिति २०६५।७।७ को मन्त्रीस्तरीय बैठकद्वारा गठित नेपाल पर्यटन वर्ष २०११ मूल समितिको तेस्रो बैठक - प्रेस बिज्ञप्ती

प्रेस बिज्ञप्ती२०६६ पौष २८ नेपाल सरकारको मिति २०६५।७।७को मन्त्रीस्तरीय बैठकद्वारा गठित नेपाल पर्यटन वर्ष २०११ मूल समितिको तेस्रो बैठक माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री शरतसिहं भण्डारीको अध्यक्षतामा मिति २०६६।९।२७ मा सम्पन्न भयो । उक्त बैठकमा माननीय पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शत्रुघन प्रसाद सिँह राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरु नेपाल प्रहरीका महानिरिक्षक सरकारी उच्च पदस्थ अधिकृतहरु नीजि क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त बैठकमा नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा भइरहेको कार्यक्रमहरुको मूल समितिका सदस्य-सचिव श्री प्रचण्डमान श्रेष्ठले प्रस्तुति र उक्त कार्यहरुको मूल्याङ्कन गर्नुभएको थियो । नेपाल पर्यटन वर्ष २०११ कार्यक्रम कार्यान्वयन समितिका उपाध्यक्ष एवं राष्ट्रिय कार्यक्रम संयोजक श्री योगेन्द्र शाक्यले २०६६ फागुन १४ गतेको दिन उक्त अभियानको शुभारम्भ कार्यक्रमको बारेमा बिस्तृत जानकारी र प्रस्तुतिकरण गर्नु भएको थियो । वहाँले नेपाल पर्यटन वर्ष २०११ अभियानको सुदृढ र कमजोर पक्षका साथै यसका अवसरहरु र चूनौीतहरुको बारेमा चर्चा गर्नुभएको थियो ।
उक्त बैठकमा २०६६।६७को बजेटमा बिनियोजित रु २ करोड रुपैयाबाट साचालन गरिने तेस्रो सगरमाथा दिवसका दिन सगरमाथा आरोहीहरुको सम्मेलन गर्ने नेपाल पर्यटन वर्ष २०११ को औपचारिक शुभारम्भ अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन आन्तरिक पर्यटन प्रबद्र्धन नेपाल पर्यटन वर्ष २०११ सँग सम्बन्धित प्रचार सामग्रीहरुको उत्पादन नेपाल पर्यटन वर्ष २०११को विद्युतिय साचार माध्यमहरुमा बिज्ञापन र क्षेत्रियस्तरमा कार्यक्रमहरुमा जानकारी प्रस्तुत गरियो । उक्त बैठकमा उपस्थित सदस्यहरुले अभियान प्रभावकारी रुपमा संचालन गर्न हाल देखिएका बन्द हड्ताल जस्ता अनिश्चितता पूर्वाधारमा समन्वय राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रबद्र्धनमा तिब्रता जस्ता सुझावहरु दिनुभएको थियो । यी सुझावहरुलाई समेत मध्यनजर गरी नेपाल पर्यटन वर्ष २०११ को रणनीतिक योजना पारित गरियो । उक्त बैठकलाई सम्बोधन गर्दै माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री शरतसिहं भण्डारीले नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन विभिन्न क्षेत्रहरुबाट विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । विशेष गरि त्रिभुवन अ। विमानस्थलको सुदृढीकरण नेपाल वायुसेवा निगमको उचित ब्यवस्थापन हालै सम्पन्न नेपाल-भारतबीचको हवाईसम्झौताले नेपाललाई प्रदान भएको हवाई सिट क्षमताको बृद्धिबाट लाभ लिई पर्यटन वर्षको लक्ष्य हाशिल गर्नुपर्ने बताउनुभयो ।
--> Read more...

नेपाली जनप्रगतिशिल मञ्च, दोहा कतार - प्रेस विज्ञप्ति

प्रेस विज्ञप्तिमुलुकमा व्याप्त अभाव र वेरोजगारिका कारण सर्वसाधारण नेपाली जनताहरुको विदेशीने क्रम वढ्दै गईरहेको छ । एकातिर जनताद्धारा नपत्याईएकाहरु नै जनमतको खिल्ली उडाउंदै सत्तामा हालीमुहाली गरिरहेका छन् भने तिनै प्रतिकि्रयावादी दलालहरु मुलुकमा महंगी अव्यवस्था र भ्रष्टाचार वृद्धि गर्दै श्रमजिवी नेपालीहरुद्धारा पठाइएको रेमिटान्स रकमवाटै आफ्नो भण्डार भर्ने तथा अनुत्पादक कार्यमा खर्च गर्ने जस्ता काम गर्दै मुलुकमा कानुनी राजको उपहास गरिरहेका छन् । सोहीको निरन्तरता स्वरुप कतार स्थित नेपाली दुतवासले श्रमजीवि जनताको हितलाई मध्यनजर राख्दै हालसालै बृद्धि गरेको कतारमा कार्यरत नेपाली श्रमजीवि मजदुरको सेवा तथा सुविधालाई लागु नगर्न निर्देशन गरेर कठपुतली सरकारको घुसखोरी दलाल र जनतामारा प्रवृति आम नेपाली जनताका सामु उदाङ्गो भएको छ । मु८ीभर दलाल र मानवतस्करहरुको मिलेमतोमा यस्ता जनविरोधी कार्य गरेकोमा कोही पनि भ्रममा रहन सक्दैन । दुतावासले गरेको तीनलाख भन्दा बढी श्रमजीवि जनता र उसमा आश्रित दश लाख भन्दा बढी व्यक्तिहरुको भविष्यसंग खेलवाड गर्ने अधिकार कठपुतली सरकारका खलनायकहरुलाई नभएको अवगत गराउदै यस्ता श्रमजीवि विरोधी गतिविधी विरुद्ध लाग्न सम्पुर्ण नेपालीहरुलाई हार्दिक आव्हान गर्दछौ ।केही साता पहिले अमेरिकामा कार्यरत रहेका नेपाली सुरेन्द्र डंगोल तथा युएईमा कार्यरत स्याङ्गजाका रेशमीलाल कुँवर र तनहुँका शिव वस्नेतको को हत्या भयो तर सरकारले यसवारे चासोका साथ दोषी पत्ता लगाई कानुनी उपचारको लागी कुटनैतिक पहल गर्नु त कता हो कता सामान्य औपचारिकतासम्म निर्वाह गरेको पाईएन । यस घटनावाट प्रवासी नेपालीहरुमा असुरक्षा भावमात्रै पैदा भएको छैन यस्ता घटनावाट उनिहरु ूनामर्दकी जोईू हुनुको पीडा भोगीरहेका छन् भन्ने कुराको पनि पुष्टि भएको छ ।यता कर्मठ नेपाली युवाहरुलाई निरन्तर विदेशमा मात्रै रहन वाध्य वनाउने तर राष्ट्रिय अर्थतन्त्र उकास्न महत्वपुर्ण भुमीका निर्वाह गर्दै आईरहेका त्यस्ता युवाहरुको सेवा तथा सुविधा तथा समस्याहरु समाधान गर्नेवारे कुनै वास्तासम्म पनि नगर्ने माकुने सरकारको निती लागुगर्न वसेजस्तो देखीने विदेशस्थित सरकारि कर्मचारिहरु तिनै प्रवासी नेपालीहरुले पठाएको रेमिटान्स रकमवाट मोटो तलव भत्ता खाईरहेको छु भन्ने सामान्य तथ्य समेत भुलेर आफुलाई मालीक र श्रमजिवी नेपालीहरुलाई दास सम्झने गर्दछन् । तिनीहरु आफुलाई परेका समस्याहरुवारे उजुरि गर्न गएका पिडितहरुलाई अत्यन्तै घटिया र नीच स्तरका अपशव्दहरु वोली दुव्र्यवहार गर्ने गरेका छन् जसमा नेपाली जनप्रगतिशील माचको गम्भीर ध्यानाकर्षण भएको छ ।
मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न नसक्ने राष्ट्रिय हितको संवद्र्धन गर्न नसक्ने मात्रै होईन जनतालाई देशमा सरकार हुनुको कुनै आभाषसम्म दिन नसक्ने माकुने नेतृत्वको भारतीय दलाल कठपुतली सरकारले अहिले एनेकपा माओवादीले राष्ट्रिय स्वाधिनताको आन्दोलनका साथ साथमा भारत तथा भारतीय दलाल विरुद्ध भण्डाफोर अभियान चलाउने घोषणा गरेलगत्तै माओवादी विरुद्ध भण्डाफोर अभियान नाम दिई चलाएको हत्या िहंसा र भिडन्तको श्रृंखलाले यो सरकार मुलुकमा शान्ति सुव्यवस्था र नयां संविधान वनाउन वनेको नभई भारतीय विस्तारवादको नेपाललाई सके सिक्किमीकरण नसके भुटानीकरण गर्ने योजना कार्यान्वयन गर्ने एउटा भरपर्दो पात्र मात्र भएको पुष्टि गरेको छ ।त्यसको साथसाथै नेपाली जनताले संचालन गरेको महान जनयुद्धका क्रममा नेपाली जनताका छोराछोरीहरु माथि चरम दमनचक्र चलाउने र भैरवनाथ गणबाट ४९ जना लाई एकै चिहान बनाउने बगरेका नाइके तोरण बहादुर िसंहलाई बढुवा गर्नु र राष्ट्रसंघ लगायत विभिन्न राष्टिय अन्र्तराष्टिय क्षेत्रबाट समेत अपराधी घोषित भएका र मैना सुनारको हत्यारा निराजन बस्नेतलाई अदालतमा पेश नगरेर कठपुतली सरकारले जुन लाचारीपन देखाएको छ यसले गर्दा विश्वमा नै देशको छवि नामेट भएको हामीले महशुस गरेका छौ । यसबाट कठपुतलीहरु देशमा सुशासन हैन दण्डहीनता र अराजकतामा आफुलाई सुरक्षित रहेको भ्रममा परिरहेका छन् । यसर्थ एमाले निकट युथफोस्रको नेतृत्वमा अन्य प्रतिकि्रयावादी तत्वहरुसमेतको मिलीभगत रहेको सल्यान धादिङ लगायतका स्थानका िहंश्रक घटनाहरुको घोर भत्स्रना गर्दैे नेपाली जनप्रगतिशील माच कतार यस्ता भंडुवाहरुलाई जरैदेखी उन्मुलन गरि मुलुकलाई अग्रगति प्रदान गर्न तथा भारतीय विस्तारवादको पृष्ठपोषण गर्न गठीत त्यस्ता दलाल हर्कतहरुका विरुद्ध संघर्ष गर्न संपुर्ण देशभक्त नेपालीहरुको ऐक्यवद्धता अहिले मुलुकको आवश्यकता रहेको तथ्य औंल्याउंदै यसका लागी एनेकपा माओवादीद्धारा घोषित राष्ट्रिय स्वाधिनताको आन्दोलनमा समाहित हुन आम जनसमुदाय वुद्धिजिवी पत्रकार तथा नागरिक समाज समक्ष हार्दिक अनुरोध गर्दछ । क्रान्तिकारी अभिवादन सहित १होमनाथ शर्माअध्यक्षकेन्द्रिय समिित
--> Read more...

प्रजिअका अंगरक्षकको गोली हानि हत्या

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लका अंगरक्षक प्रहरी जवान आनन्दराज खड्कालाई संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्तालले गोली हानी हत्या गरेको छ। गोली लागी गम्भीर घाइते भएका खड्कालाई उपचारका क्रममा अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो । गोली हान्ने व्यक्ति भने फरार छ। गोली प्रहारबाट गम्भीर घाइते प्रहरी जवान खड्काको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार लगिदै गर्दा मृत्यु भएको हो । सहायक प्रमुख जिल्ला अधिकारीको निवासबाट बाहिर निस्कने क्रममा अंगरक्षक खड्कामाथि संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताले अन्दाधुन्द गोली प्रहारगरेको थियो। खड्काको कानको छेउमा गोली लागेको थियो।
--> Read more...

इलाम,पाँचथर र तेह्रथुम १५ औं दिनपनि बन्द, जनजीवन कष्टकर

आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै आह्वान गरेको इलाम, पाँचथर र तेह्रथुम अनिश्चितकालीन बन्द आज १५ औं दिन पुग्दा समेत नखुलेपछि त्यहाँको जनजीवन कष्टकर बन्न पुगेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै एकिक्रित माओवादिले १४ दिन अगाडिदेखि गरेको बन्दका कारण यातायात बजार कलकारखाना नचल्दा जनजीवन कष्टकर बन्दै गएको छ । बन्द लम्बिएपछि दैनिक उपभोग्य सामानको अभाव हुनुका साथै महङ्गि चुलिएको छ । प्रहरीले माओवादि ताप्लेजुङ जिल्ला सेक्रेटरी खेलप्रसाद बुढाथोकी सहित १ दर्जनलाई पक्राउ गरेको विरोधमा माओवादिले गत पुष १३गतेदेखि ३ जिल्ला बन्द गर्दै आएको छ ।
--> Read more...

कविता - "म यसरी आउँछु"

मतिम्रो जीवनमाआकाशको जुनतारा लिएर आउने होइनन त वसन्तको पालुवा भएर नै आउँछुअौन त पक्कै आउँछु-हावाको मन्दमन्द गति भएर आउँछुखोला सुसाएको चाल भएर आउँछुखोल्छाको कलकल आवज भएर आउँछुत्यो बेला-मलाई मनभित्र कैद गर्न खोज्ने छौ मलाई स्पर्शमा बाँध्न खोज्नेछौमलाई तस्विरमा सजाउन खोज्नेछौअहँ सक्दैनौं तिमीलेमेरो दुकदुकी समाउनतिम्रो लाख कोशिश असफल हुनेछन्।म तिम्रो जिवनमा लालिगुरांसको जंगल फुलेर आउने होइनन त सेताम्य काँस फुलेर नै आउँछुआउन त पक्कै आउँछुक्षितिजमा बिदाइको घाम भएर आउँछुत्यो बेला-मलाई समाउन खोज्नेछौमलाई बटुल्न खोज्नेछौमलाई स्विकार्न खोज्नेछौअहँ सक्दैनौं-मलाई माया गर्न।चाहेजति नै खोज मलाईतिम्रो छट्पटीमा..तिम्रो विवशतामा....मलाई प्यासमा पिउन खोज्यौ भनेम फेवाताल भएर आउँछुमलाई आँखामा रसाउन खोज्यौ भनेम बर्सात भएर आउँछुमलाई निकाल्न खोज्यौ भने-तिम्रो मन-मस्तिश्कबाटम हरपलको याद भएर आउँछुजतिसुकै भाग तिमी मेरो स्म्रितिको दु:खाईबाटम तिम्रो हरेक पाइलाकोअघिल्तिर उभिंदै आउँछुम यसरी आउँछुतिम्रो जिवनमाजन्मान्तरको प्रेमी भएर.....
--> Read more...

गजल - "जनताका कुरा गर्ने"

जनताका कुरा गर्ने नेताहरू खोई आजभोलिके गर्‍यौ त आजसम्म मात्र बाँड्यौं मीठो बोलीनयाँ बिहान ल्याउन भन्दै अघि बढे जनताहरूसयौं मरे त्यही लडाईमा रगतले माटो मोली अझै पनि उही बानी जनतालाई झुक्याइरहनेसहमति गर्छौं भन्दै कुम्ल्यायौं आफ्नो झोलीशान्ति ल्याउँछौं नेपालमा भन्दै झुटो आशा बाँडीजनताको छातिमाथि बसाइरह्यौं दिनांै गोलीसराप लाग्छ तिमीलाई वीर ती शहीदकोनिर्दोषको रगतले कति खेलिरहन्छौ होलीचल्ने छैन अब यहाँ तिम्रा ती मनोमानीखबरदारी गर्दै अब जुटिरा”छ नयाँ टोली
--> Read more...

Sunday, January 10, 2010


--> Read more...

 

  © 2009 RAMPUR PALPA SANGAM RANA

True Contemplation Blogger Template by M Shodiq Mustika