प्रेस बिज्ञप्ती२०६६ पौष २८ नेपाल सरकारको मिति २०६५।७।७को मन्त्रीस्तरीय बैठकद्वारा गठित नेपाल पर्यटन वर्ष २०११ मूल समितिको तेस्रो बैठक माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री शरतसिहं भण्डारीको अध्यक्षतामा मिति २०६६।९।२७ मा सम्पन्न भयो । उक्त बैठकमा माननीय पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शत्रुघन प्रसाद सिँह राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरु नेपाल प्रहरीका महानिरिक्षक सरकारी उच्च पदस्थ अधिकृतहरु नीजि क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त बैठकमा नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा भइरहेको कार्यक्रमहरुको मूल समितिका सदस्य-सचिव श्री प्रचण्डमान श्रेष्ठले प्रस्तुति र उक्त कार्यहरुको मूल्याङ्कन गर्नुभएको थियो । नेपाल पर्यटन वर्ष २०११ कार्यक्रम कार्यान्वयन समितिका उपाध्यक्ष एवं राष्ट्रिय कार्यक्रम संयोजक श्री योगेन्द्र शाक्यले २०६६ फागुन १४ गतेको दिन उक्त अभियानको शुभारम्भ कार्यक्रमको बारेमा बिस्तृत जानकारी र प्रस्तुतिकरण गर्नु भएको थियो । वहाँले नेपाल पर्यटन वर्ष २०११ अभियानको सुदृढ र कमजोर पक्षका साथै यसका अवसरहरु र चूनौीतहरुको बारेमा चर्चा गर्नुभएको थियो ।
उक्त बैठकमा २०६६।६७को बजेटमा बिनियोजित रु २ करोड रुपैयाबाट साचालन गरिने तेस्रो सगरमाथा दिवसका दिन सगरमाथा आरोहीहरुको सम्मेलन गर्ने नेपाल पर्यटन वर्ष २०११ को औपचारिक शुभारम्भ अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन आन्तरिक पर्यटन प्रबद्र्धन नेपाल पर्यटन वर्ष २०११ सँग सम्बन्धित प्रचार सामग्रीहरुको उत्पादन नेपाल पर्यटन वर्ष २०११को विद्युतिय साचार माध्यमहरुमा बिज्ञापन र क्षेत्रियस्तरमा कार्यक्रमहरुमा जानकारी प्रस्तुत गरियो । उक्त बैठकमा उपस्थित सदस्यहरुले अभियान प्रभावकारी रुपमा संचालन गर्न हाल देखिएका बन्द हड्ताल जस्ता अनिश्चितता पूर्वाधारमा समन्वय राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रबद्र्धनमा तिब्रता जस्ता सुझावहरु दिनुभएको थियो । यी सुझावहरुलाई समेत मध्यनजर गरी नेपाल पर्यटन वर्ष २०११ को रणनीतिक योजना पारित गरियो । उक्त बैठकलाई सम्बोधन गर्दै माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री शरतसिहं भण्डारीले नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन विभिन्न क्षेत्रहरुबाट विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । विशेष गरि त्रिभुवन अ। विमानस्थलको सुदृढीकरण नेपाल वायुसेवा निगमको उचित ब्यवस्थापन हालै सम्पन्न नेपाल-भारतबीचको हवाईसम्झौताले नेपाललाई प्रदान भएको हवाई सिट क्षमताको बृद्धिबाट लाभ लिई पर्यटन वर्षको लक्ष्य हाशिल गर्नुपर्ने बताउनुभयो ।
--> Read more...

-001.jpg)
-001.jpg)
-001.jpg)
-001.jpg)

-001.jpg)